Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

भारतले भन्याे- नेपालले सयको नोटमा चुच्चे नक्सा राखेर धरातलीय यथार्थ परिवर्तन हुँदैन



काठमाडौं : नेपाल सरकारले एक सय रुपैयाँकाे नोटमा नयाँ चुच्चे नक्सा राख्ने निर्णय गरेपछि भारतले असन्तुष्टि जनाएकाे छ।

भारतीय विदेशमन्त्री एस जयशंकरले सीमा विवादको विषयमा वार्ता गरिरहेको बेलामा एकपक्षीय रूपमा प्रक्रिया अगाडि बढाएर धरातलीय यथार्थ परिवर्तन नहुने टिप्पणी गरेका छन्।

इण्डियन एक्सप्रेसले जयशंकरलाई उदृत गर्दै लेखेको छ, ‘मैले त्यो रिपोर्ट देखेँ। यसलाई मैले विस्तृत रूपमा हेरिनँ। मलाई लाग्छ हाम्रो अडान धेरै प्रष्ट छ। नेपालसँग हाम्रो सीमाबारेमा हामी स्थापित मान्यताअनुसार कुरा गरिरहेका छौँ। यसको बीचमा उनीहरूले एकतर्फी रूपमा केही प्रक्रिया अघि बढाएका छन्। तर, उनीहरूको तर्फबाट गरिने कामले हामीबीचको धरातलको यथार्थ र हामीबीचको अवस्थालाई परिवर्तन गर्दैन।’

गत बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले सय रुपैयाँको नोटमा चुच्चे नक्शाको तस्बिर राख्ने निर्णय गरको थियो।

प्रतिक्रिया
सम्बन्धित समाचार