Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

कटारी अस्पताललाई ५० बेड क्षमतामा स्तरोन्नति गरिने



विराटनगर : कोशी प्रदेश सरकारले उदयपुरको कटारी अस्पताललाई स्तरोन्नति गर्दै ५० बेड क्षमताको बनाउने निर्णय गरेको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को बैठकले १५ बेडको कटारी अस्पताललाई ५० बेडमा स्तरोन्नति गर्दै प्रादेशिक अस्पताल बनाउने निर्णय गरेको हो ।

मदन भण्डारी राजमार्ग र सिद्धिचरण राजमार्गमा पर्ने उक्त अस्पतालको स्तरवृद्धी गर्न स्थानीयले माग गर्दै आएका थिए । उक्त अस्पतालमा सोलुखुम्बु, ओखलढुंगा, खोटाङ, उदयपुर, सप्तरी र सिरहाका आधाजसो मानिसले सेवा लिन आउने गरेको उक्त क्षेत्रका प्रदेश सांसद तथा कृषि उद्योग तथा सहकारी मन्त्री रामकुमार खत्रीले जानकारी दिए ।

जनतालाई सहज रुपमा स्वास्थ्य सेवाको पहुँच पुर्याउन कटारी अस्पताललाई प्रादेशिक अस्पतालमा स्तरोन्नति गरेको मन्त्री खत्रीले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार