विराटनगर : प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेल र भारतीय महालेखा नियन्त्रक गिरिसचन्द्र मुर्मुसहितको प्रतिनिधि मण्डलबीच भेटवार्ता भएको छ ।
बिहीबार सार्वजनिक लेखा समितिको कार्यकक्षमा दुई देशका प्रतिनिधि मण्डलबीच भेटवार्ता भएको हो ।
लेखा समिति सभापति पोखरेलले भेटमा अनुभव साटासाट र विभिन्न विषयमा अन्तरसंवाद भएको जानकारी दिए । पोखरेलले भारतीय प्रतिनिधि मण्डलबीच मित्रवत सम्बन्ध कायम राख्दै आर्थिक अनुसाशन, वित्तिय उत्तरदायीत्व र सार्वजनिक हितको विषयमा छलफल भएको बताए ।
भारतीय प्रतिनिधिसँग छलफल गर्ने वातावरण सिर्जर्ना गराइदिएको भन्दै पोखरेलले महालेखा परीक्षकको कार्यालयलाई धन्यवाद समेत दिएका छन् ।