विराटनगर : मोरङको रतुवामाई नगरपालिका वडा नम्बर ६ मा रहेको सहयात्री युवा समाजको अध्यक्षमा दिनेशकुमार बिष्ट निर्वाचित भएका छन् ।
शनिबार सौठामा सम्पन्न समाजको साधारणसभाबाट बिष्ट अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् । उनी यसअघि सचिव थिए ।
यस्तै उपाध्यक्षमा राजन पनेरू चयन भएका छन् भने रुपेश ढकाल सचिव बनेका छन् । ढकाल स्थानीयस्तरमा लोकप्रिय युवा हुन् ।
समाजको सहसचिवमा पुष्पा भट्टराई र कोषाध्यक्षमा कुलबहादुर बस्नेत चयन भएका छन् ।
यसैगरी सदस्यहरूमा यादव बिष्ट, मोहन अधिकारी, ओम कार्की, रामचन्द्र पौडेल, खेमकुमारी थापा र कमलादेवि पनेरू चयन भएका छन् ।