Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

रतुवामाई नगरपालिकाले भन्योः गलत गर्ने कोही पनि नउम्किउन



विराटनगर : मोरङको रतुवामाई नगरपालिकाले कोरोना कालमा जनतालाई वितरण गर्नका लागि ल्याएको राहत सामाग्री गाडेको विषयमा दोषी देखिएका कसैले पनि उम्किन नपाउने बताएको छ ।

नगरपालिकाका मेयर नागेश्वर प्रसाद सिहंले प्रेस विज्ञप्ती जारी गर्दै गलत गर्ने कोही पनि नउम्किने र निर्दोष नफस्ने बताए । उक्त विषयलाई लिएर नगरबासी आन्दोलित बनेपछि मेयर सिंहले यस्तो बताएका हुन् ।

विज्ञप्तिमा भनिएको छ, ‘रतुवामाई नगरपालिकामा खाद्य सामग्री, जैविक मल र विउ विजन रतुवा नदि किनारको अस्थायी फोहोर फाल्ने स्थानमा गाडिएको अवस्थामा भेटिएको र तत् पश्चात उत्पन्न विवाद प्रति यस रतुवामाई नगरपालिकाले गम्भीर ढंगले सुक्ष्म अनुसन्धान गरिरहेको र संलग्न दोषी ठहर भए कारवाही गर्ने तयारी गरिरहेको छ ।’

यस्तै अनुसन्धानलाई थप प्रभावकारी र निस्पक्ष बनाउनका जिल्ला प्रशासन कार्यालय मोरङका सहायक प्रमुख जिल्ला अधिकारी टेक कुमार रेग्मीको नेतृत्वले छानविनको आवश्यक प्रक्रिया सुरु गरिसकेको प्रमुख सिंहले जानकारी गराएका छन् ।

नगरपालिकालाई सुशासन र भ्रष्टाचाररहित बनाउने संकल्पका साथ नगर प्रमुखको पदमा वहाली भएको बताउँदै उनले त्यसमा आफू कतिपनि विचल्ली नभई लागिरहेको र सार्वजानिक संस्थानमा हुने वेथितिको आफै पनि विरोधी भएको उनको भनाइ छ ।

उक्त घटनामा अनुसन्धान गर्ने र कारवाही गर्ने निकायहरुबाट समेत छानबिन हुने हुदा “गलत गर्ने कोही पनि नउम्कने र निर्दाेष नफस्ने” प्रतिवध्दता व्यक्त गर्दै छानविन अवधिभर कार्यालयको नियमित कामकाज अवरोध हुने प्रकृतिका कुनै किसिमका कार्यहरु नगर्न उनले नगरबासीलाई अनुरोधसमेत गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार