विराटनगर : भोलि (मंगलबार) सरकारले सार्वजनिक विदा दिएको छ ।
सोमबार बसेको मन्त्रिपरिषद बैठकले भोलि सार्वजनिक विदा दिने निर्णय गरेको सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् ।
कतारका राजा नेपालको राजकीय भ्रमणमा आउने भएकाले सार्वजनिक बिदा दिने निर्णय भएको शर्माले बताइन् ।
कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानी दुई दिने नेपाल भ्रमणका लागि मंगलबार नेपाल आउँदैछन् ।
बिदेशी राष्ट्र प्रमुख नेपाल भ्रमणमा आउँदा यसअघि पनि सरकारले सार्वजनिक बिदा दिने गरेको थियो ।