विराटनगर : मोरङमा सभा र सम्मेलन गर्न प्रशासनले रोक लगाएको छ । बिहीबार जिल्ला प्रशासन कार्यालय मोरङका सहायक जिल्ला अधिकारी प्रदीप शाहले विज्ञप्ती जारी गरेर सभा, सम्मेलन गर्न रोक लगाएको जानकारी गराएका छन् ।
बुधबार रामनवमीको दिन विराटनगर १५ र १७ नम्बर वडामा दुई समूहबीच झडप भएपछि प्रशासन भेला, सम्मेलन र धार्मिक गतिविधिमा रोक लगाएको हो ।
बुधबार रामनवमीका अवसरमा निकालिएको र्यालीमा सहभागी दुई समूहबीच विवाद भएको थियो । विवाद चर्किदै गएपछि झडपको स्थिति सृजना भएको थियो। स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले बल प्रयोग गरेको थियो ।