Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

आज सिरुवा पर्व, कोशीका ४ जिल्लामा सार्वजनिक विदा



विराटनगर : नयाँ वर्ष सुरु भएसँगै पूर्वी तराईको झापा, मोरङ सुनसरीलगायतका जिल्लामा आदिवासी समुदायको सिरुवा पर्व सुरु भएको छ ।

राजवंशी, थारु, ताजपुरीया, धिमाल, मेचे, गनगाई र माझीलगायतका आदिवासी समुदायले यो पर्व मनाउन सुरु गरेका हुन् ।

कोशी प्रदेश सरकारले सिरुवा पर्वको अवसरमा आइतबार प्रदेशका चार जिल्लामा सार्वजनिक बिदा पनि दिएको छ । प्रदेश सरकारले झापा, मोरङ सुनसरी र उदयपुरमा सिरुवा पर्वको विदा दिएको हो ।

सिरुवा पर्वमा आदिवासी समुदायको बाहुल्यता रहेको क्षेत्रमा विभिन्न प्रकारका महोत्सव तथा मेला लाग्ने गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार