Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

विराट गोल्डकपको उपाधि मच्छिन्द्रलाई



विराटनगर : मछिन्द्र फुटबल क्लबले आठौं संस्करणको विराट गोल्डकपको उपाधि जितेको छ । शनिबार विराटनगरको शहीद मैदानमा सम्पन्न फाइनल खेलमा घरेलु टोली सांग्रीला मोरङलाई २–० गोलले हराउँदै उपाधि जितेको हो ।

मच्छिन्द्रलाई च्याम्पियन बनाउन छिरिङ गुरूङ र युसुप थपलियाले १÷१ गोल गरे । निर्धारित ९० मिनेट गोलरहित बराबारी भएपछि ३० मिनेटको अतिरिक्त समयमा मछिन्द्रले २ गोल गरेको हो ।

मछिन्द्रलाई उपाधि जिताउन ११३ औं मिनेटमा छिरिङ गुरुङ र ११९ औं मिनेटमा युसुप थपलियाले गोल गरे ।

उपाधिसँगै मच्छिन्द्रले नगद ११ लाख रुपैयाँ पुरस्कार पाएको छ । उपबिजेता बनेको घरेलु टिम सांग्रीलाले ५ लाख ५० हजार रुपैयाँ प्राीत गरेको छ ।

फाइनल खेलको प्लेयर अफ द म्याच मच्छिन्द्रका लकेन लिम्बु घोषित भए । उनले ११ हजार रुपैयाँ प्राप्त गरे । यस्तै प्रतियोगिताको उत्कृष्ट गोलकिपर मच्छिन्द्रका बिशाल श्रेष्ठ, उत्कृष्ट कोच मच्छिन्द्रकै सन्तोष न्यौपाने र सर्वाधिक गोलकर्ता मच्छिन्द्रका स्टेफन विनोङ घोषित भए । उनीहरुले जनही २१ हजार रुपैयाँ पुरस्कार पाए ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी सांग्रीलाका महेन्द्र कार्की घोषित भए । उनले मोटरसाइकल पुरस्कार पाएका छन् ।

गत चैत १५ गतेदेखि सुरु भएको प्रतियोगितामा विदेशी तीन टिमसहितका स्वदेशी ‘ए’ डिभिजनका १० टिम सहभागी थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार