Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

बूढीगंगा नगरपालिकाको निर्वाचन असार २३ गते हुने


  • Purbeli Press
  • बिहिबार, असार २ २०७९

विराटनगर : बाजुराको बूढीगंगा नगरपालिकाको निर्वाचन असार २३ गतेका लागि तोकिएको छ। ७५३ वटा स्थानीय तहमध्ये उक्त पालिकाको निर्वाचन हुन सकेको छैन।

बिहीबार बसेको सर्वदलीय बैठकमा बूढीगंगाको निर्वाचन २३ असारमा गर्ने सहमति जुटेको नेपाली कांग्रेस बाजुराका सभापति रामसिंह रावलले जानकारी दिए।

यसअघि धाँधली भएको भन्दै निर्वाचन स्थगित गरिएको थियो। गत वैशाख ३० गते भएको स्थानीय निर्वाचनमा नेकपा एमालेले वडा नम्बर २,३,५ र ९ मा बुथ कब्जा गरेको र कांग्रेसले वडा नम्बर ४ र मा अत्यधि मतदान गरेको र वडा नम्बर सातमा बुथ कब्जा गरेको आरोप लागेको थियो।

नेकपा एमालेले धाँधली गरेका वडाहरूबाट सुरक्षाकर्मी फिर्ता भएका थिए। उक्त धाँधलीलाई लिएर जिल्ला सुरक्षा समितिले बूढीगंगा नगरपालिकाको पूरै निर्वाचन स्थगित गर्ने निर्णय गरेको थियो।

निर्वाचन आयोगले स्थलगत अनुगमन गर्दै निर्वाचन सम्पन्न भएको १४ औं दिनपछि पुनः निर्वाचन गर्न, सुरक्षा निकायका प्रमुख र प्रमुख जिल्ला अधिकारीलाई तीन दिनभित्र परिवर्तन गरिसक्न गृह मन्त्रालयलाई निर्देशन दिएको थियो।

प्रतिक्रिया
सम्बन्धित समाचार