विराटनगर : विराटनगरका अग्रज साहित्यकार तथा समालोचक दधिराज सुवेदीको निधन भएको छ । ७८ वर्षको उमेरमा बुधबार बिहान सुवेदीको निधन भएको हो ।
लामो समयदेखि क्यान्सर रोगको उपचार गरिरहेका सुवेदी २००३ सालमा भोजपुरको दिङ्लामा जन्मिएका हुन् ।
सुवेदीका मोरङको साहित्यिक इतिहास, नेपाली साहित्यका मुस्कानहरु, सौन्दर्य कविता संग्रह, अविरल यात्रालगायत एक दर्जनबढी कृति प्रकाशित छन् । उनले थुप्रै कृतिहरूका समालोचना पनि गरेका छन् ।
सुवेदीको पार्थिव शरीरलाई बुधबार विराटनगरको परोपकार घाटमा अन्त्येष्टि गरिने परिवारले जनाएको छ ।