Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

अझै फेला परेनन् सुनकोशीमा बेपत्ता भएका उदयपुरका ३ बालबालिका



विराटनगर : गत आइतबार होली मनाएर सुनकोशी नदीमा पौडी खेल्न जाँदा बेपत्ता भएका उदयपुरका तीन जना बालबालिका अझै फेला परेका छैनन् ।

उदयपुरको त्रियुगा नगरपालिका १४ साउनेका ३ बालबालिका सुनकोशी नदीमा आइतबारदेखि बेपत्ता छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी उपरीक्षक रमेश थापाका अनुसार साउनेका ८ वर्षीय चोलकचन्द्र मगर, ७ वर्षीय रिदम मगर र ११ वर्षीय रेखा मगर बेपत्ता छन् ।

होली मनाएर उनीहरुको ५ जनाको समूह पौडी खेल्न गएको र उनीहरुमध्ये दुई जना सकुशल घर फर्किएको उदयपुर प्रहरीले जनाएको छ । ती दुई जनाले साथीहरु बेपत्ता भएको भनेर प्रहरीमा खबर गरेका थिए ।

बेपत्ता भएका बालबालिकाहरुको खोजी कार्य जारी रहेको उदयपुर प्रहरीले जनाएको छ । त्यसका लागि प्रहरीले सशस्त्रसँगको सहकार्यमा गोताखोर टोली सोत परिचालन गरेको थियो । तर, उनीहरु अझै फेला परेका छैनन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार