Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

ओखलढुङ्गामा घाँटीमा अण्डा अड्किदा एक जनाको मृत्यु



विराटनगर : ओखलढुङ्गाका मोलुङ गाउँपालिका वडा नम्बर २ स्थित रामपुरममा घाँटीमा अण्डा अड्किएर एक जनाको मृत्यु भएको छ । उसिनेको अण्डा आने क्रममा घाँटीमा अड्किएर रामपुरका ४५ वर्षीय काजी भुजेलको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका अनुसार भुजेलले शुक्रबार साँझ रामपुरको एक होटलमा अत्यधिक मदिरा सेवन गरेका थिए । सोही क्रममा अण्डा उसिनेर खानेक्रममा घाँटीमा अड्किएर श्वास फेर्न नसकेपछि मृत्यु भएको प्रहरीले जनाएको छ ।

भुजेलको शवलाई पोस्टमार्टम गरी आफन्तलाई जिम्मा लगाइएको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार