विराटनगर : कोशी प्रदेश सरकारका पर्यटन, वन तथा वातावरण मन्त्री गणेश उप्रेतीले मोरङको रतुवामाई नगरपालिका वडा नम्बर ५ मा राम चन्द्र सोरेन अर्जुन स्मृति प्रतिष्ठानको भवन शिलान्यास गरेका छन् ।
बिहीबार मन्त्री उप्रेतीले भवनको शिलान्यास गरेका हुन् । शिलान्यास कार्यक्रममा बोल्दै मन्त्री उप्रेतीले सहिदको नाममा निर्माण भएको प्रतिष्ठानले सामाजिक क्षेत्रमा काम गर्ने बताए ।
३६ लाख ६ हजार १सय ९३ रुपैयाँ लागतमा निर्माण भइरहेको अर्जुन स्मृति प्रतिष्ठानले शिक्षा, स्वास्थ्य, रोजगार र गरिबी निवारणको क्षेत्रमा काम गर्ने प्रतिष्ठानका अध्यक्ष सुब्बा सोरेनले बताए ।