उदयपुर : उदयपुरको रौतामाई गाउँपालिका-३ भोर्लेनीमा शुक्रबार साँझ आगलागी हुँदा ४५ लाख बराबरको क्षति भएको छ ।
जंगलबाट सल्किएको आगो अचानक गाउँ पस्दा स्थानीयको तीन वटा घर र ६ वटा ग्वाली जलेर नष्ट भएका हुन् ।
आगलागीबाट स्थानीय मनकुमारी राई, जगत राई र गउनकुमारी राईको घर र ग्वाली पूर्णरुपले जलेर नष्ट भएको वडाध्यक्ष दिपेन्द्र दहालले बताए ।
त्यस्तै मदनराज राई, रामबहादुर राई र गोबिन्द नेपालीको ग्वाली नष्ट भएको उनले बताए । जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी रमेश थापाका अनुसार आगलागीबाट ४५ लाख बराबरको धनमाल जलेर नष्ट भएको प्रारम्भिक विवरण आएको छ ।