Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

बुढासुब्बा गोल्डकप सुरु, उद्घाटन खेलमै आयोजक विजयी



धरान । धरान फुटबल क्लबले २४औँ बुढासुब्बा गोल्डकपमा विजयी सुरुआत गरेको छ । शनिबारदेखि सुरु प्रतियोगिताको उद्घाटन खेलमा आयोजक धरान फुटबल क्लबले पाहुना टोली भारतको युकेएफसीलाई सडन डेथमा पराजित ग¥यो । जितसँगै धरान फुटबल क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । खेलको ५९औँ मिनेटमा धरानका लागि मिलन राईले गोल गरी अग्रता दिलाएका थिए । तर युकेएफसीका लागि नयन प्रधानले ७३औँ मिनेटमा गोल गरेपछि खेल बराबरीमा पुगेको थियो । निर्धारित ९० मिनेटमा दुवै टिमबाट थप गोल नभएपछि पेनाल्टीमार्फत विजेताको टुङ्गो लगाइएको थिये । पेनाल्टी सुटमा पनि समान ५–५ गोल भएपछि खेल सडन डेथमा पुगेको थियो । सडन डेथमा १०–९ गोलले धरानले जीत निकालेको हो । खेलको प्लेयर अफ द म्याच धरानका गोलरक्षक सचिन श्रेष्ठ भए । प्रतियोगिता अन्तर्गत आइतबार न्यूरोड टिम एनआरटी र त्रिभुवन आर्मी क्लबबीच प्रतिष्पर्धा हुनेछ । रासस

प्रतिक्रिया
सम्बन्धित समाचार