Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

विराटनगरमा इक्वालिटी कप महिला क्रिकेट फागुन २२ देखि हुने



विराटनगर । महिला क्रिकेट विकास गर्न र अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर तेस्रो संस्करण इक्वालिटी कप महिला क्रिकेट २०२४” को आयोजना हुने भएको छ ।

सोमबार आयोजकले विराटनगरको ज्वाला क्रिकेट मैदानमा पत्रकार सम्मेलन गरी प्रतियोगिताको बारेमा जानकारी गराएको हो । नेपाल क्रिकेट फाउण्डेसनले मोरङ क्रिकेट संघको प्राविधि सहयोगमा फाल्गुन २२ देखि फाल्गुन २४ गतेसम्म विराटनगर–६ मा रहेको ज्वाला क्रिकेट मैदान प्रतियोगिता सञ्चालन गर्ने फाउण्डेसनलका अध्यक्ष अभिषेक श्रेष्ठले जानकारी गराए ।

मुलुकमा महिला क्रिकेट प्रतियोगिता ज्यादै न्यून सङख्यामा हुने भएकोले त्यसलाई ध्यानमा राखि राष्ट्रियस्तरमा दक्ष खेलाडी उत्पादनमा सहयोग पु¥याउन खेलको आयोजना गरिएको अध्यक्ष श्रेष्ठले बताए ।

प्रतियोगितामा कोशी प्रदेशबाट मोरङ र इलाम गरी २ जिल्ला र मधेश प्रदेशबाट सिरहा र सप्तरीसहित ४ जिल्ला सहभागी हुने अध्यक्ष श्रेष्ठले बताए । लिगको आधारमा खेलाई सो प्रतियोगितामा टप दुई टिमले फाइनल खेल्ने खेल सम्योजक विशाल साहले बताए ।

खेल टि–२० फर्माटमा खेलाइने छ उनले जानकारी दिए । ४ दिन सम्म सञ्चालन हुने प्रतियोगिता सम्पन्न गर्न करिव ५ लाख ५० हजार खर्च हुने सम्योजक साहले बताए ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार