विराटनगर : मोरङमा एक जना सशस्त्र प्रहरी बलका प्रहरी नायव उपरीक्षक (डीएसपी) झुन्डिएको अवस्थामा मृत फेला परेका छन् ।
सोमबार दिउँसो धनपालथान गाउँपालिका-३ स्थित बोर्डर आउट पोस्ट (बीओपी) सोराभागका इन्चार्जसमेत रहेका डीएसपी उपेन्द्र बस्याल मृत फेला परेका हुन् ।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसपी सुमनकुमार तिमल्सिनाका अनुसार कार्यालयभित्र डोरीको पासो लगाएर झुन्डिएको अवस्थामा बस्यालको शव फेला परेको हो ।
बस्यालले आत्महत्या गरेको हुनसक्ने प्रहरीको अनुमान छ । एसपी तिमल्सिनाले अनुसन्धानपछि घटनाको वास्तविकता पत्ता लाग्ने बताए ।