Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

एमालेका गिरीसहित नवनियुक्त तीन मन्त्रीले लिए सपथ



काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन्।

कांग्रेससँगको गठबन्धन तोडिएपछि प्रधानमन्त्री प्रचण्डले एमाले, रास्वपासहितलाई समेटेर मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन्।

जसमा नेकपा माओवादी केन्द्रका हितबहादुर तामाङ, नेकपा एमालेका पदम गिरी र रास्वपाका डोलप्रसाद अर्याल मन्त्री बनेका छन्। नवनियुक्त मन्त्रीहरुले आजै राष्ट्रपति कार्यालय शीतल निवासमा सपथ लिएका छन्।

तीनै जनाले विनाविभागीय मन्त्रीको रूपमा सपथ लिएका हुन्।

प्रतिक्रिया
सम्बन्धित समाचार