विराटनगर : वाफ वुमन्स च्याम्पियनसिपको उपाधि जोर्डनले जितेको छ ।
फाइनल खेलमा पेनाल्टी सुटआउटमा नेपाललाई ५-३ ले हराउँदै जोर्डनले उपाधि जितेको हो।
निर्धारित समयको खेल २–२ गोलको बराबरीमा सकिएपछि निर्णय पेनाल्टी सुटआउटमा गरिएको थियो ।
फाइनल खेलमा जोर्डनलाई कडा चुनौती दिएको नेपालले पेनाल्टी सुटआउटमा नतिजा सुम्पिएको हो ।
खेलमा अग्रता नेपालले २९ औं मिनेटमा सविता राना मगरको गोलमा लिएको थियो । जोर्डनका लागि ७३ औं मिनेटमा लाना फिरसले बराबरी गोल फर्काएकी थिईन् ।
निर्धारित समयको खेल सकिन एक मिनेट अघि जोर्डनकी अबु सब्बाले गोल गर्दै टोलीलाई जितको नजिक पुर्याएकी थिईन् । इन्जुरी समयमा प्राप्त पेनाल्टीमा गिता रानाले गोल गर्दै खेललाई पेनाल्टी सुटआउटमा धकेलेकी थिईन् ।