विराटनगर : प्रधानमन्त्री शेर बहादुर देउवा नेतृत्वको गठबन्धन सरकारले जनतालाई महंगी र भ्रष्टाचार निम्त्याएको भन्दै विराटनगरमा प्रदर्शन गरिएको छ।
बुधबार राष्ट्रिय प्रजातन्त्र पार्टी मोरङले आयोजना गरेको प्रदशर्न कार्यक्रममा सरकारविरद्ध प्रदर्शन गरेका हुन्।
राप्रपा मोरङका अध्यक्ष माधव आचार्यको नेतृत्वमा हिन्दु राज्य र राजतन्त्र पुनर्थापनाको माग गरेका छन् । राप्रपाले विराटनगरको ट्राफिक चौकबाट प्रदर्शन शरु गरेको हो ।
सरकारले पछिल्लो समय पेट्रोल, डिजेल, मट्टितेल, खाना पकाउने एलपी ग्यास र हवाइ इन्धनको मूल्य अत्याधिक बढाएको छ ।