विराटनगर : प्रतिनिधिसभा सदस्य ऋषिकेश पोखरेलले ताजपुरिया जातिलाई लोपोन्मुख अल्पसङ्ख्यक जनजातिमा सूचिकृत गर्न सरकारसँग माग गरेका छन् ।
सोमबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद पोखरेलले नेपालको संविधानको धारा ४३ र ५६ को ५ अनुसार लोपोन्मुख अल्पसङ्ख्यक जनजातिमा सूचिकृत गरी विशेष संरक्षित क्षेत्र घोषणा गर्न माग गरेका हुन् ।
पोखरेलले ताजपुरिया जातिको संरक्षण नगरे लोप हुने खतरा देखिएको बताए ।
झापा, मोरङ र सुनसरीमा मात्र बसोबास रहेको ताजपुरिया जातिको विशेष संरक्षण गर्न आवश्यक रहेको पोखरेलको भनाइ छ ।