Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

महेन्द्रले जित्यो राष्ट्रपति रनिङ शिल्डको उपाधि, जनता मावि दोस्रो



विराटनगर : रतुवामाई नगरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि महेन्द्र माध्यमिक विद्यालयले जितेको छ । महेन्द्रले ६ स्वर्ण, २ रजत र ७ कास्य पदक जित्दै उपाधि हात पारेको हो ।

यस्तै जनता माध्यमिक विद्यालय रतुवामाई ९ दोस्रो भएको छ । जनताले ५ स्वर्ण, ५ रजत र १ कास्य पदक जितेको छ ।

४ स्वर्ण, ११ रजत र ५ कास्य पदक जित्दै सुनवर्षी मावि रतुवामाई ५ तेस्रो भएको छ ।

त्यसैगरी सरस्वती मावि इटहराले ४ स्वर्ण, २ रजत र २ कास्य  हात पारयो भने सौंठा माविले ३ स्वर्ण, ३ रजत र ३ कास्य पायो। राष्ट्रनिर्माण सेकेण्डरी स्कुलले २ स्वर्ण, ३ रजत र १ कास्य जित्यो भने मुनाल आदर्श विद्या सदनले २ स्वर्ण र ३ कास्य प्राप्त गरयो।

सरस्वती मावि कादुपाडाले २ स्वर्ण र १ रजत हात परयो। दाम्रभिट्टा इन्ग्लिश स्कुलले १ स्वर्ण र ३ रजत जित्यो। सिद्दकालीले १ स्वर्ण मात्र जित्यो भने  सरस्वति मावि कल्याणपुरले ३ कास्यो प्राप्त गरयो। श्री मावि लेटी र राइजिङ नेपाल सेकेण्डरी स्कुलले एक -एक कास्य हात पारे।

रतुवामाई ८ स्थित सरस्वती माध्यमिक विद्यालयमा फागुन ५ गतेबाट सुरु भएको प्रतियोगिता मंगलबार सम्पन्न भएको हो । समापन समारोहमा विजेता विद्यार्थीलाई ट्रफी, मेडल र प्रमाणपत्र वितरण गरिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार