Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

पत्रकार किशोर बुढाथोकीलाई साहसिक पत्रकारिता पुरस्कार



विराटनगर : विराटनगरका सक्रिय पत्रकार किशोर बुढाथोकी साहसिक पत्रकारिता पुरस्कारबाट सम्मानित भएका छन् ।

सुनसरीको इटहरीमा नयन एड्भरटाइजिङ मिडिया प्रालिले उनलाई पुरस्कृत गरेको हो । बुढाथोकी अन्नपूर्ण पोष्टका कोशी प्रदेश प्रमुख हुन ।

यस्तै कार्यक्रममा कोशी प्रदेशमा रहेर पत्रकारिता गरिरहेका क्रियाशील पत्रकार, प्रेस स्वतन्त्रता सेनानीलगायतलाई समेत सम्मान गरिएको थियो।

सुनसरीबाट प्रेस स्वतन्त्रता सेनानीतर्फ हर्ष सुब्बा, कृष्णविनोद लम्साल, भवानी बराल, मोरङबाट शिवबहादुर कार्की, झापाबाट चन्द्र भण्डारी, खोटाङबाट कृष्ण आचार्य, उदयपुरबाट कौशल चेम्जोङ र धनकुटाबाट सञ्जय सन्तोषी राई सम्मानित भएका थिए।

त्यसैगरी, उत्कृष्ट फोटो पत्रकारिता पुरस्कार ०८० बाट प्रदीपराज वन्त, उत्कृष्ट पत्रकारिता पुरस्कारबाट सुरेन्द्र भण्डारी, टीका खतिवडा र सृजनशील पत्रकारिता पुरस्कारबाट विवेक विवश रेग्मी पुरस्कृत भएका छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार