Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

सिजुवा सहकारीको अध्यक्षमा खोजबहादुर काफ्ले, न्यौपाने बने कोषाध्यक्ष



विराटनगर : मोरङको रतुवामाई नगरपालिका वडा नम्बर ६ मा रहेको सिजुवा बचत तथम ऋण सहकारी संस्थाको अध्यक्षमा खोजबहादुर काफ्ले निर्वाचित भएका छन् ।

सहकारीको १६ औँ वार्षिक साधारणसभाले सर्वसम्मत नयाँ समिति चयन गरेको निर्वाचन समितिका संयोजक रुपनारायण मिश्रले जानकारी दिए ।

समितिको उपाध्यक्षमा धनबहादुर बस्नेत र सचिवमा भक्तबहादुर कार्की निर्वाचित भएका छन् । षडानन्द लुइँटेल सहसचिव बनेका छन् ।

सिजुवा सहकारीको कोषाध्यक्षमा लेखनाथ न्यौपाने (जीवन) निर्विरोध निर्वाचित भएका छन् ।

यस्तै समितिको सदस्यहरुमा परशुराम बस्नेत, गंगा तामाङ, गीता खतिवडा, होमकुमारी श्रेष्ठ, शोभा थापा र तिलक श्रेष्ठ चयन भएका छन् ।

लेखा तथा सुपरिवेक्षण समितिको संयोजकमा लिलबहादुर काफ्ले र सदस्यहरुमा डिकबहादुर पराजुली र गोविन्द खड्का निर्वाचित भएका छन् ।

नवनिर्वाचित कार्यसमितिलाई सोमबार एक कार्यक्रमको आयोजना गरी निर्वाचन समितिका संयोजक मिश्रले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार