Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

विराटनगरको स्थानीय स्काउट आयुक्तमा नवीन पहाडी नियुक्त



विराटनगर : विराटनगर महानगरपालिकाले स्थानीय स्काउटको आयुक्तमा नवीन पहाडीलाई नियुक्त गरेको छ ।

महानगरका मेयर नागेश कोइरालाले पहाडीलाई स्थानीय आयुक्त नियुक्त गरेका हुन् ।

नेपाल स्काउट नियमावली २०७७ परिच्छेद ६ दफा २१ को उपदफा (१) को खण्ड (क) बमोजिम पहाडी स्थानीय आयुक्तमा नियुक्त भएका हुन् ।

नेपाल स्काउट ऐन २०५० (केही संशोधन) र नेपाल स्काउट नियमावली २०७७ मा नेपाल स्काउट महानगर स्थानीय परिषद्को निर्वाचनबाट निर्वाचित भएका परिषद् सदस्य मध्येबाट सम्बन्धित पालिकाको प्रमुखले एकजनालाई स्थानीय आयुक्त चयन गर्ने व्यवस्था रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार