विराटनगर : नेकपा एमाले मोरङले जिल्लामा पार्टीका प्रशिक्षक तयार गर्ने उद्धेश्यले आयोजना गरेको प्रशिक्षक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो ।
स्कुल विभागको संयोजन तथा जिल्ला पार्टीको व्यवस्थापनमा फागुन ४ र ५ गते प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो ।
नेकपा एमालेका उपमहासचिव तथा स्कुल विभाग प्रमुख प्रदीप ज्ञावलीलगायतका नेताहरुले प्रशिक्षण दिएका थिए ।
जिल्लाबाट प्रशिक्षण लिएका नेताहरुले अब पालिकादेखि वडासम्म गएर प्रशिक्षण दिनेछन् । प्रशिक्षण कार्यक्रममा मोरङका १७ वटै पालिकाबाट ३÷३ जनाको सहभागीता रहेको थियो ।
एमाले मोरङका अध्यक्ष ऋषिकेश पोखरेलका अनुसार पार्टीका नेता कार्यकर्तालाई वैचारिक र सैद्धान्तिक रुपमा क्षमतावान बनाउन कार्यक्रम आयोजना गरिएको हो ।
पोखरेलले चाडैँ पालिका तहमा प्रशिक्षण सञ्चालन गर्ने जानकारी दिए । पार्टीले दुई तहको प्रशिक्षण आयोजना गर्ने बताउँदै पोखरेलले पार्टीले चलाएको स्कुलमा सहभागी नभएको मान्छे कमिटीको उम्मेदवार र जनप्रतिनिधि बन्न नपाउने बताए ।