Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

विराटनगरमा तीनजना स्रष्टा पुरस्कृत



विराटनगर । कवि कृष्णभूषण बल स्मृति प्रतिष्ठानले तीन जना साहित्यकारलाई पुरस्कृत गरेको छ ।
विराटनगरमा शनिबार आयोजित कार्यक्रममा उनीहरुलाई प्रतिष्ठानले नगदसहित सम्मान गरेको हो । कार्यक्रममा प्रतिष्ठानले वरिष्ठ कवि शैलेन्द्र साकार, गजलकार विवश बलिभद्र कोइराला र कवि उमेश लुइँटेललाई सम्मान गरेको हो ।
प्रतिष्ठानले साकारलाई २५ हजार, कोइरालालाई १५ हजार र लुइँटेललाई ११ हजार राशिले सम्मान गरेको थियो । उनीहरुलाई विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला, प्राध्यापक कविराज न्यौपाने र प्रतिष्ठानकी संरक्षक शोभा लामा बलले दोसल्ला ओढाएर सम्मानपत्र र नगद प्रदान गरेकी थिइन् । कार्यक्रमलाई सम्बोधन गर्दै मेयर कोइरालाले भाषा, साहित्य, कला र संस्कृतिको संरक्षणमा महानगरपालिका गम्भीर रहेको बताए । उनले कवि कृष्णभूषण बलले आफ्ना सिर्जनामार्फत लोकतन्त्र र विकेन्द्रिकरणका पक्षमा आवाज उठाएको उल्लेख गरे ।
सो अवसरमा प्राध्यापक कविराज न्यौपाने, आयोजक संस्थाका अध्यक्ष प्राध्यापक डाक्टर टंक न्यौपाने, उपाध्यक्ष केशव आचार्य, महासचिव विवश पोखरेल, वरिष्ठ कवि जसराज किरातीलगायतले नेपाली कविता साहित्यमा कृष्णभूषण बलको योगदान अतुलनीय रहेको चर्चा गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार