Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

एभरेष्टमा ‘कार्निभल २.०’ हुदै



विराटनगर : विराटनगरस्थित एभरेष्ट सेकेण्डरी स्कुलले यस वर्ष पनि ‘एभरेष्ट कार्निभल २.०’ गर्ने भएको छ ।

एभरेष्ट कलेजको खेलमैदानमा शनिबारदेखि एभरेष्ट कार्निभल हुने तयारी गरिएको छ । स्कुलले शुक्रबार पत्रकार सम्मेलन गरी फागुन ५ देखि ७ गतेसम्म एभरेष्ट कार्निभल हुने जानकारी गराएको छ । विद्यालयका प्राचार्य टीकाराम पुरीले यो कार्निभलले विद्यार्थीहरुको प्रतिभा प्रस्फुटन हुने बताए । उनले यो भव्य कार्यक्रमबाट अन्य विद्यालयले पनि सिक्ने मौका पाउने जानकारी दिए ।

विद्यार्थीहरुले वर्षभरीमा सिकेका विषयबस्तुहरु एभरेष्ट कार्निभलमा अभिभावक र सहभागीहरुलाई देखाउने उनले बताए । पहिलो दिन कक्षा २ देखि ५ सम्मका विद्यार्थीहरुले वर्षभरीमा सिकेका विषयबस्तुहरू विभिन्न परियोजनाहरुको प्रस्तुती आफ्ना अभिभावकहरुका माझमा राख्ने उनले बताए । दोस्रो दिन कक्षा ६ देखि १२ कक्षासम्मका विद्यार्थीहरुले तयार पारेका विभिन्न प्रविधियुक्त परियोजनाका कार्यहरु वृहत विज्ञान प्रदर्शनीमा राखिने बताइएको छ ।

समापनको दिन एभरेष्ट सिंङ्गिङ आइडल २०८० को फाइनल प्रतियोगिता हुनेछ । सो प्रतियोगिताको फाइनलमा १५ जना उत्कृष्ट प्रतियोगीहरु पुगेका छन् । एभरेष्ट कार्निभलमा विद्यार्थीहरुको विभिन्न परियोजनाको प्रदर्शनी, आर्ट ग्यालरी, पुस्तक प्रर्दशनी, खानाका स्टल राखिने स्कुलले जनाएको छ ।

‘हाम्रो शिक्षण पद्धत्ती, विद्यार्थीहरुको सिकाई उपलब्धी, विभिन्न विद्यामा उनीहरुको विलक्षण प्रतिभा जस्ता कुराहरुलाई एकसाथ हाम्रो समाजका अगाडी पस्कनका निम्ति हामीले गत वर्षदेखि एभरेष्ट कार्निभल सुरु गरेका छौं, प्रिन्सिपल पुरीले भने, ‘विद्यार्थीहरूले वर्षभरि सिकेका विषयवस्तुहरुलाई विभिन्न परियोजना कार्यको प्रदर्शनीसहित विभिन्न गतिविधिहरुको प्रस्तुतिरहने एभरेष्ट कार्निभल गरिएको हो ।’

कार्यक्रममा बोल्दै प्रिन्सिपल पुरीले स्कुलले गुणस्तरीय शिक्षासंगै सीप र संस्कार सहितको प्रविधियुक्त शिक्षा दिएर अगाडी बढेको बताए । ‘स्कुलले पढाइ संगै सिपलाई पनि महत्व दिएको छ । हामीले सिपलाइ बिशेश जोड दिएको छ । नैतिक चरित्र र संस्कार पनि दिने गरेको छ । ट्यालेन्ट मात्रै भएर हामीले नैतिक शिक्षा पनि दिने गरेको छ,’ प्रिन्सिपल पुरीले भने, ‘प्रत्येक शुक्रबार नैतिक शिक्षा विद्यार्थीलाई दिने गरिएको छ । यसको लागि करिकुलम पनि बनाएको छ ।’

एभरेष्ट स्कुलमा कक्षा १२ सम्म २ हजार पाँच सय विद्यार्थी अध्ययरत रहेका छन् ।

कोशी प्रदेशमात्रै नभएर देशभरीका उत्कृष्ट शिक्षालयका रुपमा चिनिएको एभरेष्टले लागतार पाँच वर्ष उत्कृष्ट विद्यालयको रुपमा उपाधि पनि हासिल गरिसकेको छ ।

यो विद्यालय ३० वर्ष पुरा गरि ३१ वर्षमा प्रवेश गरेको छ । विद्यालयले विगत केही वर्षदेखि यस्तो कार्यक्रम गर्दै आएको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार