Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

मोरङमा आमा–छोरीमाथि खुकुरी प्रहार गर्ने राई पक्राउ



विराटनगर : मोरङको केराबारी गाउँपालिका–९ भलुवाईमा एकै परिवारका आमा छोरीमाथि खुकुरी प्रहार गरेर पेस्ताेल ताक्ने निरकुमार राई पक्राउ परेका छन्।

पेस्तोल र खुकुरीसहित लेटाङ नगरपालिका–१ का ५२ बर्षीय राईलाई प्रहरीले  पक्राउ गरेको हो।

बिहीबार बिहान केराबारी–९ भलुवाइ कि ५० वर्षिया जमुनादेबि राई र उनकी २५ वर्षीया छोरी रेनुका राईलाई निरकुमारले खुकुरी प्रहार गरी घाइते बनाएका थिए।

पेस्तोल समेत देखाएको भन्ने सूचना पाएपछि प्रहरी टोलीले राईलाई ४ राउण्ड गोली लोड भएको अवस्थामा मेड इन इटली लेखेको अटो पेस्तोल, मेड इन चाइना लेखेको नक्कली पेस्तोल एकथान र खुकुरी सहित पक्राउ गरेको हो।

खुकुरी प्रहारबाट घाइते भएका दुवै जनाको विराटनगरस्थित विराट नर्सिङ–होममा उपचार भइरहेकाे छ।

पक्राउ परेका राईलाई इलाका प्रहरी कार्यालय बेलबारीमा राखेर थप अनुसन्धान बढाइएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार