Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

जनता माविको ५८ औँ वार्षिकोत्सव सम्पन्न



विराटनगर : मोरङको रतुवामाई नगरपालिका वडा नम्बर ९ मा रहेको जनता माध्यमिक विद्यालयले विभिन्न कार्यक्रम गरी ५८ औँ वार्षिकोत्सव कार्यक्रम मनाएको छ ।

सोमबार विद्यालय परिसरमा एक समारोहको आयोजना गरी विविध सांस्कृतिक कार्यक्रम, पुरस्कार वितरण, छात्रबृत्ति वितरण तथा शुभकामनासहित वार्षिक उत्सव मनाएको विद्यालयले जनाएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टुकबहादुर कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा रतुवामाई नगरपालिकाका मेयर नागेश्वर सिंहको प्रमुख आतिथ्यता रहेको थियो ।

विद्यालयका प्रधानाध्यापक ईश्वर खनालका वार्षिकोत्सवको अवसरमा अनुसार अन्तर विद्यालय खेलकुद र सदनस्तरीय खेलकुद आयोजना गरिएको थियो । यस्तै सेवा निवृत्त शिक्षकद्वय लक्ष्मीप्रसाद घिमिरे र केदार थापालाई सम्मान गरिएको छ ।

सो अवसरमा विद्यालयमा कार्यरत उत्कृष्ट शिक्षकलाई पनि सम्मान गरिएको छ । त्यस्तै विद्यालयमा स्थापना गरिएका विभिन्न छात्रवृत्ति अक्षय कोषबाट विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरिएको विद्यालयले जनाएको छ ।

विद्यालयलाई विभिन्न सामग्री सहयोग गर्ने व्यक्ति तथा संस्थाहरुलाई विद्यालयले सम्मान तथा धन्यवाद समेत ज्ञापन गरेको छ । वर्षभरी विद्यालयमा सञ्चालन भएका कार्यक्रमहरुमा उत्कृष्ट भएका विद्यार्थीहरुलाई समेत सम्मान गरिएको विद्यालयले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार