Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

लेखा समितिले सरकारसँग माग्यो एनसेल छानविन समितिले बुझाएको प्रतिवेदन



काठमाडौँ : प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले इन्टरनेट सेवा प्रदायक कम्पनी एनसेलको सेयर बिक्रीबारे छानबिन समितिले बुझाएको प्रतिवेदन उपलब्ध गराउन सरकारलाई निर्देशन दिएको छ ।

आइतबार बसेको समितिको बैठकले एनसेल सेयर बिक्रीबारे छानबिन समितिले बनाएको प्रतिवेदन तत्काल सार्वजनिक गर्न निर्देशन दिने निर्णय गरेको सभापति ऋषिकेश पोखरेलले जानकारी दिए ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई तत्काल उक्त प्रतिवेदनको प्रति समितिलाई समेत उपलब्ध गराउन निर्देश गरिएको उनले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार