विराटनगर : कोशी प्रदेशको मन्त्रिपरिषद विस्तारको विषयलाई लिएर मुख्यमन्त्री केदार कार्कीको दल नेपाली कांग्रेस असन्तुष्टि बनेको छ ।
सरकार विस्तारमा मुख्यमन्त्रीले मनोमानी गरेको भन्दै कांग्रेस संसदीय दलका नेतासमेत रहेका पूर्वमुख्यमन्त्री उद्धव थापाले मुख्यमन्त्रीलाई बोकेर हिँड्न नसक्ने बताए ।
थापाले कांग्रेसले मुख्यमन्त्री कार्कीलाई बोकेर अघि जान सक्ने अवस्था नरहेको बताए । सरकार विस्तारमा कुनै छलफल नभएको उनलेे बताए ।
कोशीको राजनीतिक अस्तव्यस्ततालाई गठबन्धनले थाम्न नसकेको बताउँदै उनले भने, ‘कोशी प्रदेशको राजनीति अस्तव्यस्त भयो नि । गठबन्धनले पनि थाम्न नसक्ने अवस्था भयो यहाँको राजनीति । अस्ति राष्ट्रियसभा चुनावले पनि त्यो देखाएको हो । गठबन्धन पनि रहेन । सांसद आफ्नो मर्यादामा रहेनन् । स्थानीय तहका पनि इमान्दार भएनन् । त्यसले गर्दा यो गठबन्धनको कुरा चाहिं अन्यौल नै छ ।’
उनी आज भएको मन्त्रीहरुको शपथ ग्रहणमा पनि उपस्थित भएनन् ।