Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

शिक्षा सुधारमा इटहरीः सबै विद्यालयमा एउटै पोसाक, टाइ हटाएर ढाका टोपी



विराटनगर : सुनसरीको इटहरी उपमहानगरपालिकाले सबै विद्यालयहरुमा एउटै पोसाक लागू गर्ने निर्णय गरेको छ । बिहीबार बसेको नगर शिक्षा समितिको बैठकले पालिकाभित्र विद्यार्थीको पोसाकमा एकरुपता ल्याउने निर्णय गरेको हो ।

उपमहानगरले यसअघि विद्यार्थीहरुले लगाउँदै आएको टाइलाई हटाएको छ । टाइको स्थानमा अब विद्यार्थीहरुले ढाका टोपी लगाउनुपर्नेछ ।

इटहरीका मेयर हेमकर्ण पौडेलका अनुसार अब उपमहानगरका सबै सामुदायिक र संस्थागत विद्यालयको पोसाकमा एकरुपता आउनेछ ।

साथै उपमहानगरका कर्मचारी, जनप्रतिनिधि, विदालयका शिक्षक, विद्यालयका पदाधिकारीहरुले आफ्ना छोरा छोरी अनिवार्य रुपमा सरकारी विद्यालयमा नै पढाउनुपर्ने निर्णय गरेको छ ।

विद्यालय मातहतमा कुनै स्टेशनरी बेच्न नपाइने र भर्ना शुल्क वापत एक पटक लिए पछि सो विद्यालयमा पढ्ने विद्यार्थीबाट पटक पटक भर्ना शुल्क लिन नपाइने मेयर पौडेलले बताए ।

यस्तै विद्यालय आफैले किताब बेच्न नपाउने निर्णय समेत गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार