तस्बिर : क्यान
विराटनगर : नेपाली राष्ट्रिय क्रिकेट टिमका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले युएईको टी–२० फ्रेञ्चाइज लिग आइएल टी–२० खेल्ने भएका छन् ।
नेपाल क्रिकेट संघ (क्यान) ले उनी गल्फ जायन्टसबाट आइएल टि–२० प्रतियोगिता खेल्न लागेको जानकारी दिएको छ ।
ऐरीले अघिल्लो वर्ष मात्रै ग्लोबल टी-२० लिग खेलेका थिए । उक्त लिगमा उनी आवद्ध रहेको मोन्टेरियल टाइगर्सले उपाधि जितेको थियो ।
यस्तै उनको नाममा एउटा दुर्लभ कीर्तिमानीसमेत रहेको छ । गत सेक्टेम्बरमा चीनमा सम्पन्न १९ औँ एसियाली खेलकुदमा उनले मंगोलियाविरुद्ध ९ बलमा अर्धशतक पुरा गरेर कीर्तिमान बनाएका हुन् । विश्व क्रिकेटको इतिहासमा कम बलमा अर्धशकत हान्ने खेलाडीको पहिलो सूचिमा दीपेन्द्र छन् ।
नेपाली क्रिकेटका लागि महत्वपूर्ण खेलाडी रहेका दीपेन्द्र आवद्ध रहेको नेपाल पुलिस क्लबले हालै सम्पन्न प्रधानमन्त्री कपमा पनि जितेको छ ।