Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

केराबारी गाउँपालिकाद्वारा सुँगुरको मासुको मूल्य निर्धारण



विराटनगर : मोरङको उत्तरी क्षेत्रमा रहेको केराबारी गाउँपालिकाले सुँगुरको मासुको मूल्य निर्धारण गरेको छ । माघ २२ गते गाउँपालिका अध्यक्ष सुमन मिरिङचिङको अध्यक्षतामा बसेको बैठकले सुँगुरको मासुको मूल्य निर्धारण गरेको हो ।

व्यवसायीहरुले मनसरी भाउ ताकेपछि उपभोक्ताहरुको लिखित गुनासोको आधारमा गाउँपालिकाले मूल्य निर्धारण गरेको जनाएको छ ।

गाउँपालिकाले सुँगुरको मासुको मूल्य प्रतिकेजी ४२० रुपैयाँ निर्धारण गरेको गाउँपालिकाले जनाएको छ । सो मूल्य माघ २९ गते कार्यान्वयनमा आउने जनाइएको छ ।

गाउँपालिकाका अुनसार पछिल्लो एक वर्षमा मासु प्रतिकेजी १६० रुपैयाले वृद्धि भएर ४६० रुपैयाँसम्म पुगेको थियो ।

यस्तै गाउँपालिकाले मासुजन्य पदार्थको मूल्य निर्धारण गर्न समिति गठन गरी मूल्यमा एकरुपता लागू गर्ने बताएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार