Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

घुम्ती शिविरबाट पालिकाबासीलाई सेवा



जेष्ठ नागरिकलाई सिरक वितरण गर्दै गाउँपालिका अध्यक्ष

धनकुटा : धनकुटाको सहिदभूमी गाउँपालिकाले नागरिकका सेवाका लागि घुम्त शिविर सञ्चालन गरेको छ । गाउँपालिकाले १० दिन सम्म सञ्चालन गरेको शिविरबाट ६ सय ७३ जना नागरिकले सेवा दिएका छन् ।

गाउँपालिकाका अध्यक्ष मनोज राईका अनुसार गाउँपालिकाले सबै वडामा स्वास्थ्य परिक्षण तथा अपांगता परिचयपत्र वितरण, ज्येष्ठ नागरिकलाई फाइबर सिरक वितरण र परिवार नियोजनको अस्थायी साधनबारे शिविर सञ्चालन गरिएको थियो ।

शिविरबाट अपांगता भएको २७२ जनाको स्वास्थ्य परिक्षण, ७७ जना अपांगता भएका व्यक्तिलाई परिचय पत्र वितरण, २१४ जना ज्येष्ठ नागरिकलाई फाइबरको सिरक र ११० जनालाई परिवार नियोजनसम्बन्धी जानकारी दिएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाले ८० देखि ८४ वर्षसम्मका नागरिकलाई फाइबर सिरक वितरण गरेको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार