Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

प्रेस चौतारी खोटाङद्वारा बिरामीलाई फलफुल वितरण



विराटनगर : प्रेस चौतारी खोटाङले २६ औँ स्थापना दिवसको अवसरमा बिरामीहरुलाई फलफुल वितरण गरेको छ ।

सोमबार चौतारीले जिल्ला अस्पताल दिक्तेलमा उपचार गराइरहेका बिरामीहरुलाई स्याउ, सुन्तला, केरा लगायतका फलफूल वितरण गरेको हो ।

प्रेस चौतारीका केन्द्रीय सदस्य तथा कोशी प्रदेश सहइन्चार्ज हरिबोल आचार्यको नेतृत्वमा बिरामीहरुलाई फलफुल वितरण गरिएको हो ।

सो अवसरमा पत्रकारहरुले बिरामी भएर अस्पतालमा उपचार गराइरहेकाहरुको स्वास्थ्य लाभको कामनासमेत गरेका छन् ।

प्रेस चौतारी खोटाङले अघिल्लो वर्ष पनि अस्पताल पुगेर बिरामीहरुलाई सहयोग गरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार