Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

एमालेले माग्यो जेठ १४ मध्यरातिको अर्थ मन्त्रालयकाे सीसीटिभी फुटेज


  • Purbeli Press
  • मंगलबार, जेष्ठ ३१ २०७९

काठमाडौं : प्रमुख प्रतिपक्षी दल एमालेले बजेट सार्वजनिकको अघिल्लो दिन १४ जेठ मध्यरातिको अर्थ मन्त्रालयको सीसीटिभी फुटेज उपलब्ध गराउन माग गरेका छन्।

उक्त दिन मध्यराति अर्थमन्त्री जनार्दन शर्माले दुई जना अनधिकृत व्यक्तिलाई मन्त्रालयमा छिराएर करको दर परिवर्तन गराएको समाचार आएपछि एमालेले उक्त दिनको सीसीटिभी फुटेज मागेको हो।

मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा मन्त्री शर्माले उक्त दिन कोही अनधिकृत व्यक्ति नछिरेको दाबी गरेपछि एमालेका सांसदहरुले सीसीटिभी फुटेज सार्वजनिक गर्न माग गरेका हुन्।

एमाले प्रमुख सचेतक विशाल भट्टराईले उक्त दिनको सीसीटिभी फुटेज सार्वजनिक गर्न र संसदीय छानबिन समिति गठन गर्न माग गरेका हुन्। उक्त माग पूरा नभएसम्म सदन चल्न नसक्ने उनले चेतावनी दिए।

तत् पश्चात सभामुख सापकोटाले बैठक अगाडि बढाउन खोज्दा एमाले सांसदहरु उठेर विरोध जनाए। सभामुख सापकोटाले बैठक चल्न दिन आग्रह गर्दा पनि एमाले सांसद नमानेपछि कार्यसूचीबाट बाँकी रहेका कारबाही हटाएर भोलि बुधबार ११ बजे बस्नेगरी बैठक स्थगित गरे।

प्रतिक्रिया
सम्बन्धित समाचार