Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

विपी प्रतिष्ठानको सुधारमा एमालेको चासो, सांसदहरुले गराए मुख्यमन्त्रीको ध्यानाकर्षण



विराटनगर : सुनसरीबाट प्रतिनिधित्व गर्ने नेकपा एमालेका प्रदेशसभा सदस्यहरुले धरानमा रहेको विपी स्वास्थ्य विज्ञान प्रतिष्ठानको समस्या समाधान गरिदिन मुख्यमन्त्री केदार कार्कीको ध्यानाकर्षण गराएका छन् ।

आइतबार मुख्यमन्त्री कार्कीलाई ध्यानाकषर्ण पत्र बुझाउँदै उनीहरुले प्रतिष्ठान विभिन्न कारणले धरासायी बन्दै गईरहेको र केही महिना यता सो संस्थाका चिकित्सक तथा कर्मचारीले स्वाभाविक रुपमा हुनुपर्ने आआफ्नो पद तहको बढुवा तथा स्तरोन्नतीको माग राखी आन्दोलन गरीरहेको कारण विद्यार्थीको पढाई र नागरिकको उपचारमा समस्या भइरहेको बताएका छन् ।

उक्त पत्रमा भनिएको छ, ‘प्रदेशको मुख्यमन्त्री तथा स्वास्थ्यमन्त्री समेत भएकाले सम्बन्धित प्रतिष्ठानका पदाधिकरी र संघीय सरकारसँग आवश्यक समन्वय र सहजीकरण गरी समस्याको तत्काल निराकरण गर्न अति आवश्यक भएकाले हामि सुनसरी जिल्लाका तत्काल उपलब्ध प्रदेश सभा सदस्यहरुले यो ध्यानाकर्षण माननीय मुख्यमन्त्रीज्यू समक्ष प्रस्तुत गरेका छौं ।’

एमाले संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीको नेतृत्वमा गएको टोलीमा प्रदेश सांसदहरु रमेश कुमार बस्नेत, विजय कुमार राई, राम प्रसाद महतो, रोहित बाहादुर कार्की, रामदेव यादव र मिना श्रेष्ठ सहभागी थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार