विराटनगर : ताप्लेजुङका तीन पत्रकार पुरस्कृत भएका छन् । प्रेस चौतारी नेपालको २६ औं स्थापना दिवसका अवसरमा प्रेस चौतारी नेपाल ताप्लेजुङले तीन जना पत्रकारलाई पुरस्कृत गरेको हो ।
पत्रकार महासंघका निर्वतमान सचिव रवीन भट्टराई प्रेस चौतारी पत्रकारिता पुरस्कार प्राप्त गरेका छन् ।
यस्तै जयमती कर्ण बहादुर तामाङ पत्रकारिता पुरस्कारबाट नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष तथा नयाँपत्रिका दैनिकका संवाददाता केशव प्रसाद भट्टराई र अग्नि प्रसाद भिमादेबी पौडेल पत्रकारिता पुरस्कारबाट गंगा लिङखिम सम्मानित भएका छन् ।
आइतबार नेकपा एमालेका सचिव तथा प्रतिनिधिसभा सदस्य योगशकुमार भट्टराईले उनीहरुलाई पुरस्कार प्रदान गरी दोसल्ला ओढाएर सम्मान गरेका हुन् ।