विराटनगर : राष्ट्रिय युवा संघ नेपाल रतुवामाई नगर कमिटीले आयोजना गरेको एक दिवसीय नकआउट वडा स्तरीय भलिबल प्रतियोगिताको उपाधि वडा नम्बर ९ ले हात पारेको छ ।
शनिबार रतुवामाई ६ स्थित सौँठा माविको खेल मैदानमा भएको प्रतियोगितामा वडा नम्बर १० लाई हराउँदै ९ ले उपाधि जितेको हो ।
उपाधिसँगै ९ नम्बरले नगद ५ हजार एक सय रुपैँया प्राप्त गरेको छ भने उपविजेता बनेको १० ले ३ हजार एक सय प्राप्त गरेको छ ।
युवा संघ रतुवामाईका अध्यक्ष मिलन श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको प्रतियोगितामा नेकपा एमालेका कोशी प्रदेश कमिटी सदस्य डिबी कार्की, एमाले नेता दुर्गा बिष्ट, मेघराज कट्टेल, गोपी चापागाईंलगायतको उपस्थिति रहेको थियो ।