विराटनगर : मोरङको कटहरी गाउँपालिकाले अबदेखि कुनैपनि संघसंस्थाहरुलाई सहयोग नदिने भएको छ । गाउँपालिकाको गाउँसभाको निर्णय बमोजिम व्यक्ति तथा संघसंस्थालाई सहयोग बन्द गरिएको हो ।
स्थानीय व्यक्ति तथा संस्थाको सहयोगका लागि चालु आर्थिक वर्ष २०८० ०८१ मा विनियोजन गरेको रकम सकिएपछि सहयोग बन्द गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मनोज कुमार साहले जानकारी दिए ।
गाउँपालिकाले चालु आर्थिक वर्षमा सहयोगका लागि २० लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो ।
गाउँपालिकाले स्थानीय धर्म र संस्कृतीको लागि बजेट विनियोजन गर्दै आएको थियो । गाउँपालिकाले जितिया, माघे संक्रान्ति तथा विभिन्न चाडवर्प मनाउनको लागि रकम वितरण गर्दै आएको उनले बताए ।
जनप्रतिनिधिले संघ संस्था तथा व्यक्तिलाई सहयोग गर्नको लागि बजेटको व्यवस्थापन गरेमा सो कार्यक्रम सञ्चालन हुने उनले सुनाए ।