विराटनगर : विराटनगरमा दोस्रो राष्ट्रिय डोरीतान प्रतियोगिता हुने भएको छ । नेपाल डोरीतान संघ कोशी प्रदेशको आयोजना र केन्द्रीय समितिको अभिभावकत्वमा फागुन १८ र १९ गते प्रतियोगिता हुन लागेको हो ।
यसअघि माघ २६ र २७ गते प्रतियोगिता सञ्चालन गर्ने भने पनि केही प्राविधिक कारणले निर्धारित समयमा सञ्चालन हुन नसकेको डोरीतान संघ कोशी प्रदेश अध्यक्ष रिता न्यौपानेले जानकारी दिइन् ।
न्यौपानेका अनुसार प्रतियोगिताको सम्वूर्ण व्यवस्थापनको तयारी पुरा भइसकेको छैन । प्रतियोगितामा ३ वटा विभागीय र ७ वटा प्रदेशका टिमले सभागिता जनाउने छन् ।
प्रतियोगिताको विजेताले नगद १ लाख र उपविजेताले नगद ५० हजारसहित मेडल र ट्रफी प्राप्त गर्नेछन् ।