Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

हायसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु



विराटनगर : सुनसरीको धरान उपमहानगरपालिका-८ स्थित भोटेपुलमा हायसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

दुर्घटनामा परी धरान-१५ घर भएका ४६ वर्षीय शुम्भु दर्जीको मृत्यु भएको हो ।

मंगलबार दिउँसो इटहरीबाट धरानतर्फ जादै गरेको ना.ज ७१२१ नम्बरको हायस गाडीले बाटो क्रस गर्दै गरेको को६प ५६०३ नम्बरको मोटरसाईकल र को ३२ प ८६६१ नम्बरको स्कुटरलाई ठक्कर दिदाँ दुर्घटना भएको थियो ।

दुर्घटनामा परी गम्भीर घाईते भएका दर्जीको उपचारको क्रममा बिपी प्रतिष्ठान धरानमा मृत्यु भएको सुनसरी प्रहरीले जनाएको छ । यस्तै स्कुटर चालक धरान ८ का सुरज गजमेर सामान्य घाइते भएका छन् ।

प्रहरीले दुर्घटनामा संलग्न हायस गाडी, चालक सप्तरीको सुरुङ्गा ८ बस्ने २८ वर्षीय तेज नारायण सदालाई नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार