Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

रतुवामाईका सय विद्यार्थीलाई न्यानो कपडा वितरण



रतेवामाई : मोरङको रतुवामाई नगरपालिका वडा नम्बर २ का विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको छ ।

बिहीबार लायन्स क्लब अफ विराटनगर एक्टिभ र लियो क्लब अफ विराटनगर एक्टिभ (एनबिसी) को सहयोगमा डोरिया आधारभूत विद्यालयका एक सय तीन जना विद्यार्थीलाई कपडा वितरण गरिएको हो ।

कोशी प्रदेश सरकारका पर्यटन, वन तथा वातावरण मन्त्री गणेश उप्रेतीको उपस्थितिमा लायन्स क्लब अन्तर्राष्ट्रिय ३२५ ए–वान डिस्ट्रिक गर्भनर रेवतबहादुर कार्की, लायन्स क्लब अफ विराटनगर एक्टिभका प्रेसिडेन्ट लक्ष्य प्रधान, सामाजिक अभियन्ता फणिन्द्र थापालगायतले विद्यार्थीहरूलाई न्यानो कपडा सहयोग गरेका हुन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार