इटहरा : मोरङको रतुवामाई नगरपालिकाले जाडो बढेको भन्दै तीन दिन विद्यालय बिदा दिने निर्णय गरेको छ ।
केही दिनदेखि अत्यधिक चिसो बढेकाले विद्यालयमा पठनपाठन गर्न कठिनाइ हुने कारण देखाउँदै नगरपालिकाले तीन दिन विद्यालय बिदा दिने निर्णय गरेको हो ।
नगरपालिकाले माघ ३ गतेदेखि ५ गतेसम्म बचत बर्षे र हिउँदे बिदाबाट कट्टा हुनेगरी बिदा दिइएको रतुवामाईका प्रमुख प्रशासकीय अधिकृत संजय बहादुर राजलवटले जानकारी दिए ।
उनका अनुसार ५ गतेपछि निरन्तर विद्यालय सञ्चालन हुनेछ ।