Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

रतुवामाई-२ का ५१ जनालाई न्यानो कपडा वितरण



इटहरा : मोरङको रतुवामाई नगरपालिका वडा नम्बर २ मा न्यानो कपडा वितरण गरिएको छ । वडाले अपांग लक्षित बजेटबाट ५१ जनालाई न्यानो कपडा वितरण गरिएको हो ।

रतुवामाई नगरपालिकाकि उपमेयर दमयन्ता चुडाल र वडा अध्यक्ष जिमारत मियाँले कपडा वितरण गरेका हुन् ।

मियाँले अपांग लक्षित बजेटबाट ५१ जनालाई कपडा वितरण गरिएको बताए ।

पछिल्लो केही दिनयता तराईमा बाक्लो हुस्सुका कारण मानिसहरूको जनजीवन प्रभावित भएको भन्दै वडाले अपांग र अशक्तका लागि कम्बल, सिरक वितरण गरेको मियाँले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार