विराटनगर : उदयपुरको त्रियुगा नगरपालिका- ८ स्थित मदन भण्डारी राजमार्गमा हायसको ठक्करबाट साईकल यात्रीको मृत्यु भएको छ ।
बुधबार साँझ ७ बजे पुर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्र. १-०५-००१ ज ००३५ नम्बरको हायसले ठक्कर दिँदा साइकल यात्री रौतामाई गाउँपालिका- ७ का ३८ वर्षीय तुलसी मङरातीको मृत्यु भएको हो ।
दुर्घटनामा परी गम्भीर घाइते भएका उनको उपचारको क्रममा जिल्ला अस्पताल उदयपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
ठक्कर दिने हायस चालक त्रियुगा नगरपालिका- १० का ४५ वर्षीय किश्वर पाण्डेलाई नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।