Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

सन्दीप लामिछानेलाई आज सजाय तोकिँदै



काठमाडौँ : बलात्कार मुद्दामा दाेषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेलाई आज (बुधबार) सजाय ताेकिँदैछ।

पुस १३ काठमाडाैँ जिल्ला न्यायाधीश शिशिराज ढकालकाे इजलासले सन्दीपले एक किशाेरीकाे नाजुक आर्थिक अवस्थाकाे फाइदा उठाएर बलात्कार गरेकाे ठहर गरेकाे थियाे।

ढकालकाे इजलासले सन्दीपले बलात्कार गरेकाे ठहर गरेता पनि त्यसदिन सजाय भने ताेकेकाे थिएन। इजलासले सजाय ताेक्न पुस २५ गते अर्थात् आजका लागि पेशी राख्न आदेश दिएकाे थियाे। साेहीअनुसार आज काठमाडाैँ जिल्ला अदालतले आज सन्दीपलाई सजाय ताेक्नेछ।

सन्दीपले गत वर्ष भदाैमा काठमाडाैँकाे गाैशलास्थित एक हाेटलमा किशाेरी बलात्कार गरेका थिए। किशाेरीकाे उमेर विवादका कारण मुद्दाकाे फैसला हुन लामाे समय लागेकाे थियाे।

महिलाकाे नाजुक आर्थिक अवस्थाकाे फाइदा उठाएर गरेकाे बलात्कार मुद्दामा न्यूनतम सातदेखि अधिक्तम १० वर्ष कैद सजाय हुने कानुनी व्यवस्था रहेकाे छ।

अदालतले सजाय ताेकिदिएपनि सन्दीप तत्काल कारागार चलान हुनुपर्ने छैन। उनी यसअघि नै उच्च अदालतबाट धराैटीमा छुटेका थिए। धराैटीमा छुटेकाे र १० वर्षभन्दा कम कैद सजाय ताेकिएकाे व्यक्तिलाई कारागार बाहिरै बसेर जिल्ला अदालतकाे फैसलाविरुद्ध माथिल्लाे अदालतमा मुद्दा लड्न पाउने अधिकार कानुनले दिएकाे छ।

सन्दीप काठमाडाैँ जिल्ला अदालतबाट बलात्कार मुद्दामा दाेषी ठहर भएपनि नेपाली राष्ट्रिय क्रिकेट (क्यान)ले कारबाही गरेका छैन। क्यानका सचिव पारस खड्काले सजाय ताेकिएपछिमात्र सन्दीपकाे कारबाही प्रक्रिया अगाडि बढाइने बताएका थिए। बलात्कार मुद्दामा दाेषी ठहर भइसकेका कारण सन्दीपकाे चम्किरहेकाे क्रिकेट करियर यहीबाट ‘ब्रेक’ लाग्ने निश्चित छ।

प्रतिक्रिया
सम्बन्धित समाचार